उदयपुर सिमेन्ट उद्योगको जिएम को बन्ने ? ठूलै चलखेलको संभावना

काठमाडौँ, १९ पौष । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक छनौट प्रक्रियामा रहेको छ । ७ जना प्रतिष्पर्धीले प्रस्तुतीकरण र अन्तर्वार्ता दिएका छन् । ती मध्ये अहिले चर्चामा रहेका संजय लाल लामो समय उद्योगमा काम गरेर अवकाश प्राप्त प्राविधिक कर्मचारी हुन् । उनलाई जिएम बनाउन बिमलेन्द्र निधि, उदयपुरकै सांसद नारायण खड्का, हिमाल कार्कीलगायतका नेताहरु लागिपरेको बुझिएको छ । त्यसैगरी अर्का चर्चित उम्मेद्वार दिल बहादुर भुजेल उदयपुर कटारी निबासी हुन भने उनलाई माओबादीको ग्रीन सिग्न्याल छ भन्ने बुझिएको छ ।

कांग्रेसको एक घटक भने बरिष्ठ अधिबक्ता सुरेश कार्कीको पक्षमा छन् । डा. शेखर कोइराला, मिनेन्द्र रिजाल लगायत सिराहाका कांग्रेसी नेता उनको पक्षमा लबिङ गरिरहेका छन् । त्यसैगरी इन्जिनियरिङ कलेजमा व्यवस्थापन अनुभवी सागर श्रेष्ठ पनि कांग्रेस निकट हुन, उनको पनि संभावना रहेको छ, उनको पनि केही कांग्रेसी नेताहरुले लबिङ गरिरहेका छन् । यी बाहेक अरु उम्मेद्वारले उद्योगको बारेमा त्यति धेरै नबुझेकोले संभावना पनि कम रहेको बताइन्छ । तथापि कबिन्द्र रेग्मीका लागि माधब नेपाल आफै लागिपरेको र गोरखराज जोसी देउवाको घरकै मान्छे भएकोले झिनो आसा गर्न सकिन्छ । जोसी सिभिल इन्जिनियर भएकाले व्यवस्थापकीय पदमा उनको संभावना कम देखिन्छ ।

यसरी हेर्दा संभावना बोकेका संजय लालको एकथरी कर्मचारी बृत्तबाटै बिरोध भएको छ । क्लिंकर महाशाखा प्रमुख रहंदा ४७ करोडको सिमेण्ट घोटला काण्डमा मूख्य भूमिका निर्वाह गरेका यिनको बारेमा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बुझिएको छ । हालै मात्र त्रियुगा नगरबासी सरोकार समुहको तर्फबाट उनीबिरुद्व उजुरी नै दर्ता भएकोले बिबादित व्यक्तिलाई सिफारिस गर्न हुंदैन भनेर पदपूर्ति समितिले सबै प्रक्रिया सकेर पनि तीन जनाको नाम सिफारिस गर्न सकेको छैन । हामीलाई प्राप्त उक्त उजुरीमा पुरानो क्लिंकर उत्पादन परिमाण बढाएको देखि थन्किएर बसेको पावर प्याक मेसिनको घोटला सन्दर्भ समेत उल्लेख गरिएको छ ।

अहिले उद्योग बन्द छ, उद्योगको अरबौको दायित्व लगायत याबत समस्याहरु सुल्झाउन सक्ने क्षमताको जिएम पठाउन बिज्ञ सहितको समिति बनेपनि पदपूर्ति समितिका संयोजक सचिब भने राजनीतिक सिग्न्याल कुरेर बसेका छन, अहिलेसम्म नाम सिफारिस हुन नसकेकोले ठूलै चलखेल हुन सक्ने संभावना पनि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २७ सय

काठमाडौँ, ३० माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गाजर(तराई) (केजी)

काठमाडौँ, ३० माघ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, २९ माघ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ६.५४ अंकले बढेको छ । आज नेप्से ०.२४ प्रतिशतले बढेर