गृह प्रशासन सुधारबारे पूर्व मुख्यसचिव नेतृत्वको समितिले माग्यो सुझाव

काठमाडौँ, १८ पौष । गृह मन्त्रालय र अन्तरगतका निकायहरूको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनका लागी गर्नुपर्ने सुधारका उपाय पहिचान गर्न गठित समितिले सुझाव मागेको छ ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ४ मङ्सिरमा पूर्व मुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा १० सदस्यिय समिति गठन गरेका थिए ।

समितिले सुझाव माग्दै सार्वजनिक सूचना प्रकाशन गरेको छ । गृह प्रशासन अन्तर्गतका निकायहरूको कार्य सम्पादन सुधार र क्षमता विकाशको लागि आफ्ना अमूल्य सुझावहरू दिन समितिले भनेको छ । अध्ययन समितिले चारवटा उप–समिति गठन गरेको छ । स्थानीय प्रशासन सुधार, सशस्त्र प्रहरी सुधार, नेपाल प्रहरी सुधार र अध्यागमन व्यवस्थापन सुधार कसरी गर्न सकिन्छ भन्नेबारे सुझाव दिन समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने