इजरायलको ड्रोन आक्रमणमा हमासका एक कमाण्डर मारिए

एजेन्सी, १८ पौष । इजरायलले गरेको ड्रोन आक्रमणमा परी हमासका एक जना शीर्ष नेता मारिएको लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलको आक्रमणबाट हमासका एकजना कमाण्डर सालेह अल-अरुरी मारिएको भनेर लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका हुन् ।

तर इजरायलले भने यो समाचारको पुष्टि गरेको छैन । यसबारे इजरायली सेनालाई सोध्दा विदेशी मिडियामा आएका खबरको जवाफ नदिने बताएको रोयटर्सले जनाएको छ । हमासले भने एल-अक्सा रेडियोमार्फत् अरुरीको हत्या भएको पुष्टि गरेको छ । हमासका पोलिट ब्युरो सदस्य इज्जत अल-शार्कले यसलाई ‘कायरतापूर्ण हत्या’ भनेका छन् ।

बेरुतमा मारिएका सालेह अल अरुरी हमासको पोलिट व्युरो सदस्यहरुमध्ये वरिष्ठ नेता हुन् । अरुरीमाथि अमेरिकाले पाँच मिलियन डलर इनाम घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ माघ । इजरायली सेना नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका छन् । प्यालेस्टिनी विद्रोही समूह हमाससँगको युद्धविराम सम्झौता अनुसार इजरायली

एजेन्सी, २७ माघ । इजरायल र हिजबुल्लाहबीच भएको युद्धविरामकाबीच पूर्वी लेबनानमा इजरायलले आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायलले

एजेन्सी, २६ माघ । प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागू भएपछिको

इस्लामाबाद, २६ माघ । पाकिस्तानी सुरक्षा बलले शुक्रबार देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान आदिवासी जिल्लामा गरिएको कारबाहीमा तीन