चिसोले घाममा बसेर वार्षिक परीक्षा दिँदै विद्यार्थी

हुम्ला, १७ पौष । उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन् । 

चिसोले सबैभन्दा बढी विद्यार्थीलाई समस्या बनाएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् । कक्षा कोठाभित्र चिसो बढी हुने हुँदा सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थीलाई घाममा राखेर परीक्षा सञ्चालन गरेको प्रधानाध्यापक प्रेमकला बुढाले बताए । 

प्रधानाध्यापक बुढाले भने, “स–साना बालबालिकाले चिसोको समय हिउँदयाममा कक्षा कोठाभित्र बसेर परीक्षा दिन नसक्ने अवस्था आएपछि चौरमै डेस्क, बेन्च राखेर वार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।” चिसोले कक्षा कोठाभित्र लेख्न नसक्ने भएपछि चौरमै बसेर परीक्षा दिने व्यवस्था गरिएको प्रधानाध्यापक बुढाले बताए । विद्यार्थीले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ । बलभद्र आधारभूत विद्यालय साँतामा एक सय ६२ जना विद्यार्थी रहेका छन् भने कक्षा एकदेखि छसम्म पठनपाठन हुँदै आएको छ । हाल आठजना शिक्षक विद्यालयमा कार्यरत छन् । वार्षिक परीक्षा सकिएपछि ४५ दिनका लागि विद्यालयमा हिउँदे बिदा हुने उनले बताए । 

सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका आधारभूत,  माध्यमिक विद्यालयमा आजदेखि एकसाथ वार्षिक परीक्षा सञ्चालन गरेको छ । सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । जिल्लाका धेरै विद्यालयले खुला चौरको पारिलो घाममा विद्यार्थीको परीक्षा लिइरहेका छन् । सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा थप चिसो बढेको छ । जिल्लामा हिमपात नभए पनि हिउँदयाममा चिसो अत्यधिक हुने गरेको छ । यस्तै तापक्रम माइनसमा झरेको छ । हिमपात भयो भने जिल्लाको तापक्रम माइनस १५ डिग्रीबाट झर्ने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ६ असोज  । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,