एजेन्सी, १७ पौष । दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोर्क्याटिक पार्टीका प्रमुख ली जे–म्युङमाथि आक्रमण भएको छ ।
उनलाई एक अज्ञात व्यक्तिले आक्रमण गरेपछि अस्पताल भर्ना गरिएको हो । देशको दक्षिणपूर्वी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा लीलाई एक अज्ञात व्यक्तिले उनको देब्रे घाँटीमा छुरा प्रहार गरेको बताइएको छ । अभियुक्तलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । सिन्ह्वा