सुरक्षा पन्तको नाटक ‘क्लेश’ भारतको रंग महोत्सवमा छनोट

काठमाडौँ, १७ पौष । अभिनेत्री सुरक्षा पन्तको डेब्यु नाटक ‘क्लेश’ भारतको रंग महोत्सवमा छनोट भएको छ ।

भारतको नेसनल स्कुल अफ ड्रामाद्वारा आयोजित उक्त नाट्य महोत्सवमा नाटक छानिएको सुरक्षाले फेसबुकमार्फत जनाएकी छन् । यसअघि कोभिडको कारण रंग महोत्सव भौतिक रुपमा हुन सकेको थिएन । यो फेस्टिभलमा सहभागी हुन निर्देशक विजया कार्की जनवरी २३ मा दिल्ली प्रस्थान गर्ने पनि उनले उल्लेख गरेकी छन् ।

त्यसअघि सम्भवतः नेपालमा नाटक मञ्चन हुनसक्ने सुरक्षाको भनाइ छ । उनले आफ्नो नाट्यकारिताप्रति माया दर्शाउने दर्शकप्रति आभार पनि व्यक्त गरेकी छन् । उक्त नाटकको भारत मञ्चनका लागि आफूहरु दिल्ली जाने सुरक्षाले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका