जब मलेसियन कम्पनीले तलव दिन नेपाली कामदार खोज्यो

काठमाडौँ, १५ पौष । कोरोना महामारीका बेला नेपाल फर्किएका ६४ नेपालीलाई मलेसियाका दुई कम्पनीले तलव दिने भएको छ । नेपाल फर्किएर पुनः काममा जान नपाएका ती नेपाली कामदारलाई तलव लिन कम्पनीले बोलाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

मलेसियाको भेन्चर गु्रपअन्तर्गतको दुई फरक कम्पनी एनटीटीएस टेक्नोकम सिस्टम यसडीएन बिएचडी र पिन्टारमास यसडीएन बिएचडीमा सन् २०१४ देखि ६४ जना नेपाली श्रमिक काम गर्दै आएकोमा कोरोना महामारीको समय उनीहरू नेपाल फर्किएका थिए । तर, कम्पनीले उनीहरूले काम गरेको तलब भुक्तानी गर्न बाँकी थियो । तलव भुक्तानी गर्न खोज्दा श्रमिकहरू सम्पर्कमा नआएको भन्दै ती कम्पनीले मलेसियास्थित नेपाली दूतावासलाई समन्वयका लागि अनुरोध गरेको थियो । सोही आधारमा दूतावासले कन्सुलर सेवा विभाग र वैदेशिक रोजगार विभागलाई पत्र पठाएर सम्पर्कमा ल्याउनका लागि अनुरोध गरेको थियो ।

पत्रका आधारमा विभागले उनीहरूले काम गरेको कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको सूचनामा उल्लेख छ । उनीहरूलाई श्रमिकको हालको राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको बैंकको खाता नम्बर ठेगानासहित कम्पनीमा सम्पर्क गर्न बिभागले अनुरोध गरेको छ । विभागले श्रमिकहरुलाई सम्पर्क गराउन आवश्यक समन्यव गर्न नेपाल वैदेशिक रोजगार ब्यवसायी संघलाई पनि अनुरोध गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हेटौंडा उपमहानगरपालिका-११ थानाभ-याङस्थित पूर्व-पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ, ३ फागुन । यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको ७ महिना (माघ मसान्तसम्म) मा यातायात व्यवस्था विभागले डेढ लाख

काठमाडौँ, ३ फागुन । पर्साको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको छ ।  जिल्लाको साझेदारी वनबाट बस्तीमा

काठमाडौँ, ३ फागुन । तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका नीलकण्ठ सुवेदीको बगैँचा अहिले रिक्तिएको छ ।