नेविसंघद्वारा भूकम्प पीडितका लागि नगद सहयोग

काठमाडौँ, ११ पौष । नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि ७ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।

समितिका सदस्यहरूबाट प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले सङ्कलन गरी एकमुष्ट ७ लाख ११ हजार रुपैयाँ रकम भूकम्प पीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको केन्द्रीय सदस्य नारायण पाण्डेले जानकारी दिए । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा हाल ७११ सदस्यीय केन्द्रीय कार्यसमिति छ । नेविसंघका नेताहरूले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ६ असोज  । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,