अब विश्वविद्यालयहरुमा राजनीतिक भागवण्डा हुन्न : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १० पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक समाज र दलहरुलाई क्रमभंगताको अपिल गरेका छन् ।

सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार देशबासीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको बारेमा शीर्ष तहको छलफल गर्नुपर्ने बताए । उनले अब विश्व विद्यालयहरुमा राजनीतिक भागवण्डा नहुने समेत बताए ।

‘संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाका सहित उपकुलपतिमा दाबी गर्न सक्नेछन्’, उनले भने, ‘अब मेरिटोक्रेसी सुरु हुनेछ । त्रिभुवन विश्वविद्यालय त्यसको प्रस्थान बिन्दु हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ६ असोज  । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,