सुदूरपश्चिम प्रदेशले लुम्बिनीलाई नौ विकेटले हरायो

काठमाडौँ, ६ पौष । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । सुदूरपश्चिम प्रदेशले हासिल गरेको यो पहिलो जित हो ।

टस जिती पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाएर ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले ९.५ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । सुदूरपश्चिम प्रदेशका लागि ओपनर रेवती धामीले अविजित १७ रन बनाइन् । उनले २५ बलमा दुई चौका पनि प्रहार गरिन् । अर्की ओपनर रुबी पोद्दारले १४ रन जोडिन् । उनले २२ बलमा एक चौका हिर्काइन् ।

तेस्रो नम्बरकी ब्याटर कविता जोशीले टोलीका लागि अविजित २४ रनको योगदान गरिन् । उनले केवल १२ बलमा एक छक्का र तीन चौका प्रहार गरेकी थिइन् । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा १७ रन पाएको थियो । लुम्बनीकी बलर मधु डीसीले एक विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १४ असोज । पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको निधन भएको छ । कास्कीको घान्द्रुक स्थायी घर भई हाल पोखरा–११ निवासी नेपाली

म्याग्दी, १४ असोज । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला विपद् व्यवस्थापन

काठमाडौँ, १४ असोज । सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास

काठमाडौँ, १४ असोज । संघीय संसद्अन्तर्गत चार संसदीय समितिको बैठक बस्दै छ ।  आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार