शेखरलाई विशिष्ट अतिथि नबनाउने भएपछि ८ नेताको नोट अफ डिसेन्ट

जनकपुर, ४ पौष । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई विशिष्ट अतिथि बनाउने विषयमा कुरा नमिल्दा नेपाली  कांग्रेस मधेस प्रदेश कार्यसमितिमा विवाद भएको छ । नेता कोइराला पक्षका ८ जना नेताहरूले बुधवार बसेको प्रदेश कार्यसमिति बैठकमा फरक मत नोट अफ डिसेन्ट राखेका हुन् ।

यही पुस ५ र ६ गते कांग्रेस मधेस प्रदेशले पहिलो सम्मेलन गर्दैछ । जनकपुरमा हुने सम्मेलनका लागि केन्द्रीय सभापति र पदाधिकारीहरूसहित नेता कोइरालालाई पनि बोलाइएको छ ।

कोइरालालाई बेवास्ता गर्दै सम्मेलनमा अतिथिहरूलाई आसन ग्रहण गराउन खोजिएको भन्दै कोइराला पक्षका आठ जना नेताहरूले फरक मत राखेका हुन् ।  यसअघि लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा कोइरालालाई विशिष्ट अतिथिको आसन दिइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।