नेमारले कोपा अमेरिका खेल्न नसक्ने

काठमाडौँ, ४ पौष । ब्राजिलियन स्टार नेमारले कोपा अमेरिका फुटबल प्रतियोगिताको आगामी संस्करण खेल्न नसक्ने भएका छन् । कोपा अमेरिकाको आगामी संस्करण जुन २० देखि जुलाई १४ सम्म अमेरिकामा आयोजना हुँदैछ ।

३१ वर्षीय स्ट्राइकर नेमार घुँडाको समस्याबाट पिडीत छन् । सोही कारण नेमारले कोपा अमेरिका खेल्न नसक्ने उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनी साउदी अरेबियाको क्लब अल हिलालबाट ब्यवसायीक फुटबल खेल्छन् ।

गत सेप्टेम्बरदेखि उनी घुँडाको चोटबाट पिडीत रहँदै आएका छन् । ब्राजिलियन टोलीका चिकित्सक रोड्रिगो लसमरका अनुसार, नेमारको चोट पूर्णरुपमा निको हुन अझै नौ महिना लाग्नेछ । ‘उनको चोट पूर्ण रुपमा निको हुन नौ महिना समय लाग्छ । त्योभन्दा अगाडि उनलाई मैदानमा ओरालेर जोखिम मोल्नु उचित हुँदैन,’ लसमरले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।