काठमाडौँ, ४ पौष । ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’को समीक्षा गर्न एमाले सचिवालय बैठक बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एक दुई दिनभित्रै सचिवालय बैठक बस्ने गरी छलफल भइरहेको जानकारी दिए ।
‘सङ्कल्प यात्राको समीक्षाका लागि सचिवालय बैठक बोलाउनेबारे छलफल भइरहेको छ । एक दुई दिनभित्रै सचिवालय बैठक बस्छ । त्यसपछि यात्राको विस्तृत रिपोर्ट सार्वजनिक गर्छौ’, गौतमको भनाइ छ ।