काठमाडौँ, ४ पौष । सरकारले थप ८ देशहरूसँग श्रम सम्झौताको तयारी थालेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विभिन्न ८ देशहरूसँग श्रम सम्झौताको तयारी गरेको हो । सरकारले हालसम्म विभिन्न १२ देशसँग श्रम सम्झौता गरेको छ । सन् २०२४ भित्रमा थप ८ देशसँग श्रम सम्झौताको तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको छ ।
नेपालले सन् २०२४ मा कुबेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्याण्ड, युक्रेन, माल्टा, टर्कीसँग श्रम सम्झौता गर्न लागेको हो । त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारेर सम्बन्धित देशलाई पठाएको छ । ति देशहरूबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रकृया अघि बढ्नेछ ।
सरकारले यूरोपका विभिन्न मुलुकहरूसँग श्रम सम्झौतालाई प्राथमिकता दिएको छ । सरकारले हालै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो ।