काठमाडौँ, ४ पौष । चेल्सीले इएफएल कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । मंगलबार राति भएको खेलमा न्यूक्यासल युनाइटेडलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो । जसमा चेल्सीका कोल पाल्मर, कोनर गल्लाघेर, क्रिस्टोफोर एनकुन्कु र मिखाइलो मुड्रिच चारै जनाले गोल गरेका थिए ।
न्यूक्यासल युनाइटेडका कलुम विल्सन र ब्रुनो गुइमारेसको मात्र प्रहार गोलमा परिणत हुँदा काइरन ट्रिपएर र माट रिट्चेको प्रहार विफल भएको थियो ।