लोकतन्त्रमा कसैलाई निषेध गर्न खोज्नु हुँदैन : उपमहासचिव  ज्ञवाली

भक्तपुर, ४ पौष । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रमा कोहीले पनि शान्तिपूर्णरूपमा माग राख्न पाउनुपर्ने बताएका छन् । कसैलाई पनि निषेध गर्न खोज्न नहुने उनले उल्लेख गरे ।

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उपमहासचिव ज्ञवालीले पहिचानका नाममा अतिवाद लाद्ने कोसिस भइरहेको बताए । उनले भने, “एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धि सङ्कल्प यात्राका क्रममा पहिचानवादीले विभिन्न धम्की दिए, यो लोकतन्त्र विरोधी कार्य हो ।”

जनता सङ्घीय लोकतान्त्रिक व्यवस्थाको पक्षमा रहेको एमालेको अभियानका क्रममा पाएको उपमहासचिव ज्ञवालीले बताए । मुलुकको अर्थ व्यवस्था अत्यन्तै अप्ठ्यारो अवस्थामा पुगेकाले ऋण उठाएर कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले एनसेल करछलीको निष्पक्षरुपमा छानबिनको माग गरे । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोप लागेका एक जनामाथि प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको छ ।

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको स्पष्टीकरण दिएको छ । आज

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज अपाह्न गण्डकी