काठमाडौँ, ३ पौष । काठमाडौँ महानगरपालिकाले आगामी चैत महिनामा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ ।
महानगरको सूचना प्रविधि समितिका अनुसार सम्मेलनमा शासन सञ्चालन गर्न तथा सेवा प्रदान गर्न प्रयोग भइरहेका प्रविधि, सेवाग्राहीमा यसको पहुँच र प्रयोग, साझेदार सरकार तथा कार्यालय बीचको अन्तरसम्बन्ध, प्रविधि प्रयोग तथा विस्तारबारे प्रस्तुतिकरण तथा छलफल हुने छ ।
अहिले महानगरले डिजिटल सिग्नेचरसहितको सेवा प्रयोगमा ल्याइसकेको छ । कतिपय सेवाका लागि प्रणाली परीक्षण भइरहेको भन्दै उनले जिम्मेवार, पारदर्शी, उत्तरदायी, सरकार बन्न महानगरले प्राप्त गरेका उपलब्धिलाई संस्थागत र सिकाइलाई प्रवर्द्धन गर्न, नयाँ आविष्कारलाई ग्रहण गर्न महानगरपालिकाले नीति, योजना र कार्यक्रम बनाउनु पर्ने छ ।