काठमाडौँ, ३ पौष । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विवादकै बीच संसद्बाट नागरिकता ऐन पारित भएको बताएका छन् ।
आज बिहान महिला कानुन र विकास समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले विवाह हुनेबित्तिकै विदेशी ‘चेली’ले नेपाली नागरिकता पाउने विषय भने अझै बहसमा रहेको बताए ।
उनले छिमेकी देश भारतमा सोसम्बन्धी सात वर्षको प्रावधान रहेको उल्लेख गरे । “विवाह हुनेबित्तिकै विदेशी चेलीले नेपाली नागरिकता पाउने विषय बहसमा छ । विवादकै बीच नागरिकता ऐन पास भएको छ,” उनले भने, “छिमेकी देश भारतमा सात वर्षको प्रावधान छ ।”