यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

मन्थली, ३ पौष । लिखुतामाकोशी गाउँपालिका –७  मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । 

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले राससलाई बताए । पीडित छात्राले  आफूमाथि शिक्षक सार्कीले यौन दुव्र्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए । 

प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको  प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि  यौन दुर्व्यवहार गरेका थिए । रासस  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको

काठमाडौँ, ३ माघ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका चार अध्यादेश राजपत्रमा प्रकाशित भएका छन् । ती अध्यादेश

काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुनलाई खारेज गरेको छ ।

काठमाडौँ, ३ माघ । अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो