‘पगला घोडा’ मञ्चन हुँदै, मलिका मुख्य भूमिकामा

काठमाडौँ, २ पौष  । मण्डला नाटक घरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । थिएटर आकारको प्रस्तुतिमा मण्डला ‘पगला घोडा’ मञ्चन हुने भएको हो । 

नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ । शनिबार दुई शोज राखिएको  छ । भारतीय नाटककार बादल सरकारको कथा रहेको नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दै छन् । नाटकको नेपाली अनुवाद  शिव खाँड ठकुरीले गरेका हुन् । 

पछिल्लो समय विभिन्न कारणले युवा वर्गमा आत्महत्या गर्ने क्रम बढेको छ । यही संवेदनशील विषयवस्तुलाई दर्शकमाझ प्रस्तुत गर्दै सचेत गराउन नाटकको परिकल्पना गरिएको बताइएको छ । नाटकमा कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारीलगायत मञ्चमा देखिने छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।   फागुन ३ गते

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका