काठमाडौँ, २ पौष । नेटफ्लिक्सले पछिल्लो सप्ताहन्त आफ्नो प्लाटफर्ममा यस वर्ष सर्वाधिक हेरिएका १० सिरिज र फिल्मको सूची सार्वजनिक गरेको छ । यो सूचीमा ‘द नाइट एजेन्ट सिजन-१’ लाई सबैभन्दा धेरै ८१ करोड २० लाख घण्टा (८१२ मिलियन घण्टा) सम्म हेरिएको छ ।
दोस्रो स्थानमा रहेको जिनी र जर्जिया सिजन २ लाई ६६५ मिलियन घण्टा, द ग्लोरी सिजन १ लाई ६२२ मिलियन घण्टा समयसम्म हेरिएको छ । त्यसपछि सूचीमा वेनज्डे सिजन वन, क्वीन चालोट : अ ब्रिजरटन स्टोरी, यु सिजन फोर, ला रेना डेल सुर सिजन ३, आउटर ब्यांक्स सिजन ३, जिनी र जर्जिया सिजन १, फुवार सिजन १ लाई सर्वाधिक समय हेरिएको छ ।
यसले टिभी उद्योगलाई दर्शकसँग उत्कृष्ट प्रदर्शन गर्ने कार्यक्रमको झलक दिन्छ । यसअघि नेटफ्लिक्सलाई यी विवरण गोप्य राखिएको भन्दै धेरै आलोचना भएको थियो । शो उत्पादन गर्ने निर्मातालाई समेत यसबारे जानकारी दिइएको थिएन ।