बलिउड फिल्म एनिमलको कमाई ८ अर्ब भारु नाघ्यो

काठमाडौँ, १ पौष । रणवीर कपूरको फिल्म एनीमल वल्र्डवाइड बक्स अफिसमा ८ अर्ब भारु क्लबमा प्रवेश गरेको छ । 

फिल्म रिलिज भएको १६ औं दिन अर्थात् डिसेम्बर १६ मा विश्वभर फिल्मको कमाई १९ करोड ७६ लाख भारु थियो । योसँगै फिल्मको कूल वल्र्डवाइड कलेक्शन ८ अर्ब १७ करोड ३६ लाख भारु भएको छ । भारतीय बक्स अफिसमा फिल्मले तेस्रो शनिबार १३ करोड भारु कलेक्शन गरेको थियो । योसँगै घरेलु बक्स अफिसमा फिल्मको कलेक्शन ४ अर्ब ९८ करोड १४ लाख भारु पुगेको छ । शनिबार फिल्मको हिन्दी भर्जनको अकुपेन्सी २२ दशमलव १४ प्रतिशत थियो । आइतबारको कलेक्शन सार्वजनिक भएपछि फिल्म घरेलु बक्स अफिसमा ५ अर्ब भारु क्लबमा छिर्ने प्रायः निश्चित छ । 

फिल्मको वल्र्डवाइड कलेक्शन ९ अर्ब भारु हाराहारी हुने अनुमान गरिएको छ । दक्षिण भारतीय स्टार प्रभासको सालार वा बलिउडका किंग खान शाहरुख खानको डंकीमध्ये कुनै एक फिल्मले आम दर्शकबाट राम्रो रेस्पोन्स पाएन भने यसको फाइदा एनिमललाई हुने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।   फागुन ३ गते

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका