काठमाडौँ, १ पौष । बलिउड अभिनेता रणवीर कपुरलाई अर्को वर्ष दर्शकले नयाँ अवतारमा देख्ने भएका छन् । रणवीर चलचित्र ‘रामायण’मा रामको भूमिकामा देखिनेछन् ।
सीताको भूमिकामा दक्षिण भारतीय अभिनेत्री साई पल्लवीले अभिनय गर्ने छिन् । हनुमानको पात्रमा अभिनेता सनी देओल हुनेछन् । आगामी गर्मीयाममा सुटिङ सुरु हुने टाइम्स अफ इन्डियाले जनाएको छ । ‘रामायण’लाई नितेश तिवारीले निर्देशन गर्नेछन् ।
रणवीर अभिनीत चलचित्र ‘एनिमल’ अहिले प्रदर्शन भइरहेको छ ।