युक्रेनले ईयू सदस्यताका निम्ति दुई हजार ७३९ कानुनी प्रक्रिया पूरा गर्न आवश्यक

किभ, १ पौष । युक्रेनले युरोपेली संघ (ईयू)को सदस्य बन्नका निम्ति दुई हजार ७३९ वटा कानुनी प्रक्रिया पूरा गर्न आवश्यक रहेको बताइएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले शुक्रबार यसबारे जानकारी गराएका हुन् ।

“आउँदा वर्षहरूमा हामीले गर्नुपर्ने ती प्रक्रिया छिटै पूरा गर्नेछौँ । हामीले यसलाई कसरी गर्ने भनेर बुझिरहेका छौँ,” सरकारी प्रेस सेवाले उनको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ ।

त्यसका निम्ति  लगभग २८ हजार  ऐन अध्ययन गरिएको र तीमध्ये २३ हजारचाहिँ सदस्यता वार्ता प्रक्रियाका निम्ति आवश्यक नरहेको उनले बताएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप

विराटनगर, २८ माघ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले मुलुकलाई अधोगतितर्फ लगेको आरोप लगाएका