गल्तीले तीन बन्धक मारिए : इजरायली सेना

तेल अभिभ, ३० मंसिर । इजरायली सेनाले गाजामा जारी आफ्नो सैन्य कारबाहीमा गल्तीले तीनजना बन्धक मारिएको जानकारी दिएको छ । मारिनेमा २८ वर्षीय योताम हाइम, २२ वर्षीय समिर तलाल्का र २६ वर्षीय अलोन सामरिज रहेका छन् ।

उत्तरी गाजाको सेजाइयामा गरिएको सैन्य कारबाहीका दौरान उनीहरू मारिएको सेनाको भनाई छ । गत ७ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणपछि गाजामा अझै १ सयभन्दा बढी बन्धक रहेका छन् । सो दिनको हमलामा २ सय ४० जनाभन्दा बढीलाई बन्धक बनाइएको भए पनि दुई पक्षबिच केही समयका लागि गरिएको अस्थायी युद्धविरामका दौरान केही बन्धकहरूलाई छाडिएको थियो ।

इजरायली रक्षा बल (आईडीएफ) ले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान भइरहेको जनाएको छ । यस घटनामा मारिएका परिवारप्रति आईडीएफले समवेदना प्रकट गरेको छ । ‘हाम्रो मिसन भनेको बन्धकहरूको स्थान पहिचान गर्नु र उनीहरूलाई घर फिर्ता ल्याउनु हो,’ सेनाले भनेको छ । मारिएका तीन जनाको शव इजरायल फिर्ता ल्याइएको छ ।

गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको कारबाहीमा हालसम्म १८ हजार ८ सय जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार

काठमाडौँ, २ फागुन ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २०