महेन्द्र माविमा मोबाइल फोन प्रतिबन्ध

दार्चुला, २८ मंसिर । जिल्ला सदरमुकाम खलङ्गा महाकाली नगरपालिका–४ मा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयले विद्यार्थीलाई माेबाइल फाेन प्रयाेग गर्न प्रतिबन्ध गरेकाे छ ।

बुधवारदेखि लागू हुनेगरी मोबाइल फोन प्रतिबन्ध गरेको विद्यालयले जनाएको छ । विद्यार्थीले मोबाइल फोनको दुरुपयोग गर्न थालेपछि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध गरेको प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिनुभयो । विद्यार्थीले पढाइमा ध्यान कम दिने गरेको र कक्षाकोठामा समेत मोबाइल फोन चलाउन थालेपछि प्रतिबन्ध लगाएको उहाँले बताउनुभयो । विद्यार्थीले माेबाइल फोनलाई खाली फोटो खिच्ने र सामाजिक सञ्जाल फेसबुक चलाउन प्रयोग गर्ने गरेको पाएपछि प्रतिबन्ध गरेकाे प्रधानाध्यापक जाेशीले बताउनुभयाे ।

विद्यालयले यसअघि पनि मोबाइल फोन प्रतिबन्ध गरेकाे थियो । बीचमा कोभिड–१९ महामारीका कारण खुला गरिएकाे प्रतिबन्धलाई विद्यालयले अहिले फेरि शुरु गरेकाे हाे । विद्यालयले मोबाइल फोन प्रतिबन्ध गरिएकोबारे जिल्ला प्रशासनसहित जिल्ला प्रहरी कार्यालयलाई पनि जानकारी दिएको छ । हिजाे मङ्गलवार विद्यालयमा प्रहरीले आयोजना गरेको लागुपदार्थ दुर्व्यसन तथा ओसारप्रसार ,सामाजिक सञ्जालको गलत प्रयोग र सावधानीका बारेमा विद्यार्थीलाई सचेत गराउने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममार्फत विद्यालयले प्रमुख जिल्ला अधिकारी किरण जोशी र प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहलाई माेबाइल प्रतिबन्ध लगाएकाेबारे जानकारी दिएको हाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको