ओर्बानसँग युक्रेनी इयु सदस्यता अवरुद्ध गर्ने कुनै कारण छैन– जेलेन्स्की

ओस्लो, २८ मंसिर । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँग किएभलाई युरोपेली युनियन (इयु) मा सामेल हुनबाट रोक्न ‘कुनै कारण’ नभएको बताएका छन् । उनले बुधबार इयुको शिखर सम्मेलनको पूर्वसन्ध्यामा सो कुरा बताएका हुन् ।

“मैले उहाँसँग इयुमा युक्रेन सामेल हुन नपर्ने एउटा कारण बताउन अनुरोध गरेँ, तीन होइन, पाँच होइन, १० होइन मलाई एउटा कारण बताउनुहोस्”, जेलन्स्कीले ओर्बानसँगको कुराकानीका बारेमा ओस्लोमा पत्रकारहरूसँग भने, “मैले जवाफको प्रतीक्षा गरिरहेको छु ।” ओस्लोमा उनले पाँच नर्डिक नेताहरूसँग भेटवार्ता गरे ।

इयुका नेताहरू बिहीबारदेखि ब्रसेल्समा हुनुहुनेछ र युक्रेनका लागि इयुको समर्थनलाई नवीकरण गर्ने विषयमा छलफल गर्नेछन् । नेताहरूले युक्रेनलाई ५० अर्ब युरोको बृहत् आर्थिक प्याकेज र इयुको औपचारिक सदस्यता वार्ताका साथ छलफल गर्नेछन् ।

ओर्बानले दुवै विषयमा भिटो लगाउने धम्की दिएका छन् । रुसले किएभमाथि चौतर्फी आक्रमण सुरु गरेको करिब दुई वर्षपछि युक्रेन र उसको छिमेकी माल्दोभाले इयुको सदस्यता पाउने अपेक्षा गरेको शिखर सम्मेलनलाई उक्त भिटोले असफल बनाउने छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रौतहटको

काठमाडौँ, १२ जेठ ।  सप्तकोशी नदीको टापुबाट सशस्त्र प्रहरीले करिब ४ सय ७५ केजी गाँजा बरामद गरेको छ । सुनसरी जिल्लाको

काठमाडौँ, १२ जेठ । रसुवा प्रहरीले ठूलो परिमाणको विदेशी मुद्रासहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ

काठमाडौँ, १२ जेठ । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate