पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण हुदा २३ जनाको मृत्यु

पाकिस्तान, २६ मंसिर । पाकिस्तानी सेनाको आधार शिविरमा  मंगलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिवानले लिएको छ ।  

परिचय नखुलाउने शर्तमा एक स्थानीय अधिकारीले अफगानिस्तानको सीमानजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित शिविरलाई लक्षित गर्दे बिहानको समयमा आक्रमण भएको बताएका छन् । उनका अनुसार सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरू सिभिल पोसाकमै थिए । अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको भएतापनि मृतकहरूको पहिचान खुल्ने क्रम जारी रहेको छ । 

विस्फोटक पदार्थले भरिएको गाडीले अस्थायी सैन्य आधारमा आक्रमण गराउँदा अन्य २७ जना घाइते भएको समेत बताइएको छ । विस्फोटको कारण शिविरका तीनवटा कोठा भत्किएका छन् भने भग्नावशेषबाट शव निकाल्ले कार्य भइरहेको छ । मृतकको संख्या बढ्ने आँकलन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर