समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिको प्रशिक्षण सम्पन्न

ललितपुर, २६ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुरको बालकुमारीमा मंगलबार पार्टीका अध्यक्ष उपेन्द्र यादव र केन्दीय कार्यकारिणी समिति सदस्य एवम् बागमती प्रदेश समिति इन्चार्ज सुशीला श्रेष्ठले विद्यार्थी संगठनका अगुवा नेताहरुलाई प्रशिक्षण दिए । अध्यक्ष यादवले नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी नेतृ सुशीला श्रेष्ठले राजनीतिमा लैङ्गिक सशक्तीकरणमा युवा विद्यार्थीको भूमिका विषयमा प्रशिक्षण दिए ।

कार्यक्रममा पचास जना विद्यार्थी नेताहरु सहभागी रहेको संगठनका अध्यक्ष रमेश यादवले जानकारी दिए । कार्यक्रममा युवा, विद्यार्थी खेलकुद संयुक्त संयन्त्रका प्रमुख रमेशबाबु श्रेष्ठ, विद्यार्थी संगठनका पूर्व इन्चार्ज अशोक यादवलगायत सहभागी रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ६ असोज  । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,