टेलिकमद्वारा एक महिनासम्म ५० एमबीपीएसको निःशुल्क डाटा

काठमाडौँ, २६ मंसिर । नेपाल टेलिकमले एनटी फाइबर प्रविधिमार्फत ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा उपलब्ध गराउन भएको छ ।

टेलिकमले टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा उपलब्ध गराउने भएको हो । एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले परीक्षणको रुपमा एक महिनासम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न पाउने टेलिकमले जनाएको छ ।

टेलिकमले मंसिर २५ देखि लागू हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा एक महिनासम्म निःशुल्क ५० एमबीपीएसको डाटा सेवा उपलब्ध गराउने भएको हो ।

सेवा प्रयोग गर्नका लागि १९८ डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी अनुरोध गर्न सकिन्छ । त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ । जहाँ एक जना ग्राहकका लागि एक पटक मात्र उपलब्ध हुनेछ । एक महिनाभन्दा बढी समयसम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८–१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रुपमा यो सेवा प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः