एसियाका शिक्षकको श्रमको सम्मान निराशाजनक

काठमाडौँ, २६ मंसिर । ‘एजुकेशन इन्टरनेशनल, एसिया प्रशान्त क्षेत्र’ले गरेको अध्ययनले यस क्षेत्रका सामुदायिक तथा निजी शिक्षालयका शिक्षकको मानव अधिकार, श्रमिक अधिकार तथा सेवा सुविधाको समग्र अवस्था निराशाजनक रहेको निचोड निकालेको छ ।

सो सङ्गठनले आज यहाँ प्रतिवेदन सार्वजनिक गर्दै कतिपय देशमा आन्दोलनका क्रममा शिक्षकहरु हिंसात्मक निशानामा परेको, कतिपय मुलुकका प्राज्ञिक स्वतन्त्रता नभएको, श्रमिक अधिकारको निर्वाधरुपमा प्रयोग गर्न नपाएको, शिक्षाका नीति र कानुनमा शिक्षक सङ्गठनहरुसँग परामर्श नगरिएकालगायतका समस्या रहेको औँल्याइएको छ । एसिया प्यासिफिकका ३६ मध्ये २४ मुलुकका ३७ उत्तरदाताका जवाफलाई विश्लेषण गरिएको अध्ययनमा यस क्षेत्रका २९ दशमलव ७३ प्रतिशत सामुदायिक र १० दशमलव ८१ प्रतिशत निजी विद्यालयका शिक्षकहरुलाई जवाफदेहीका रुपमा संलग्न गराइएको थियो ।

एजुकेशन इन्टरनेशन विश्वका शिक्षकहरुको साझा संस्था हो । यसका एसिया प्रशान्त क्षेत्रका निर्देशक आनन्द सिंहले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको पेसागत क्षमता विकास र उनीहरुको नीति निर्माणमा सहभागिता हुनुपर्ने प्रतिवेदनले जोड दिएको बताए । अनुसन्धानकर्ता फ्¥्याङ्क लियोड टियोङसनले यस क्षेत्रका शिक्षकका लागि रोजगारी ह्रासको चिन्ताको विषय बनेको बताउँदै शिक्षकलाई नागरिक तथा मानव अधिकार एवं राजनीतिक अधिकारबारे क्षमता वृद्धिका साथै अधिकार प्राप्तिका लागि क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्न सुझाव दिए ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले नेपालका निजी विद्यालयले राजनीतिक र श्रमिक अधिकार नपाएको जनाए । नेपाल शिक्षक सङ्घका वरिष्ठ उपाध्यक्ष इलमबहादुर शाहीले शिक्षकहरुको क्षमता वृद्धिका लागि आफूहरुले स्थानीय तहसँगको सहकार्यमा काम गरिहरेको जनाए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ६ असोज  । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,