‘एनिमल’ बन्यो धेरै कमाउने सातौं भारतीय फिल्म

काठमाडौँ, २६ मंसिर । रणवीर कपुर स्टारर भारतीय फिल्म ‘एनिमल’ले नेपालसहित भारत र विश्वभर उत्कृष्ट कमाइ गरिरहेको छ । १० दिनसम्म यो फिल्मले भारतीय बक्स अफिसमा ४३४.०२ करोड नेट कमाएको छ ।

जसमध्ये हिन्दी संस्करणमा मात्र ३३८.३८ करोड भारु नेट र दक्षिण भारतीय संस्करणमा ४५.६५ करोड नेट कमाइ गरेको उल्लेख छ । १० दिनमै सन्दीप रेड्डी भांगा स्टारर फिल्मले विश्वभर ‘७१७.४६ करोड नेट भारु कमाएको छ । शाहरुख खानको ‘जवान’पछि ‘एनिमल’ छिटो ४०० करोड कमाउने दोस्रो बलिउड फिल्म बनेको छ । कोइमोइ डटकमका अनुसार यो फिल्म भारतीय फिल्मको इतिहासमा धेरै कमाउने सातौं फिल्म समेत बनेको छ ।

डिसेम्बर १ मा रिलिज भएको फिल्मलाई मिश्रित समीक्षा प्राप्त भयो । तर, लक्षित दर्शकीय वर्ग १८ देखि ३५ उमेर समूहले रुचाएकाले कमाइ राम्रो गरेको विश्लेषण छ । सामाजिक संजालमा यसबारे चलेका बहसको कारण पनि दर्शक ठूलो पर्दामा अनुभव लिन उत्साहित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर