भ्रष्टाचार अति भएन र सरकार ?

प्रधानमन्त्री पुष्पकमल दाहालले भनेका थिए, आफू तेस्रो पटक सिहंदरवारमा फोटो झुण्डाउनका लागि मात्रै प्रधानमन्त्री बन्न लागेको होइन । यस पटक देश र जनताका लागि केही राम्रा काम गर्न प्रधानमन्त्री बन्ने चाहना राखेको हो । तर, यस पटक पनि उनको कार्यकाल पहिला र दोस्रो कै भन्दा भिन्त्र रहेन । निरन्तरता दोहोरीयो । देशका लागि होइन, उनले यस पटक पनि आफू र आफ्ना परिवारका लागि मात्रै काम गरे । उनी पहिलो र दोस्रो कार्यकालको भन्दा बरु यस पटक यसपटक बढ्ता बदनाम भए ।

तेस्रो पटक प्रधानमन्त्री हुन उनले मरिहत्ते गरेको मात्रै सम्पत्ति थुपार्नको लागि हो भन्ने कुरा यहाँसम्म आउँदा वित्रिन्त्र घट्नाक्रमहरुले पुष्टि गरिदिएका छन् । जसरी भए पनि आफ्ना लागि मात्रै उनले सम्पत्ति थुपार्ने योजनालाई तीव्रता र्दिएकै कारण मुलुकमा आज भ्रष्टाचारको सामराज्य फैलिएको छ । एकपछि अर्को गर्दै कल्पना भन्दा वाहिरका भ्रष्टाचारका काण्डहरु सार्वजनिक भैराखेका छन् । सार्वजनिक भएका डरलाग्दा भ्रष्टाचारका काण्डहरुमा प्रधानमन्त्रीकै परिवारका नामहरु जोडिएका छन् । राज्यलाई कंगाल पार्ने र आफूहरु भने मालामाल हुने अभियानले गति पाएको छ । देशको राजस्वमा करौति चलाएर लुटको सामराज्य खडा गर्ने अभियानमा राज्यका अंगहरु परिचालित भएका छन् । समाजका हरेक क्षेत्रमा फैलिएको भ्रष्टाचारका दुर्गन्धले आज सिगो मुलुक गन्नाएको छ ।

देशको एक क्षेत्रमात्रै होइन, सबै क्षेत्र भ्रष्टाचारको गन्धले दुर्गन्धित बन्न पुगेको छ । कमजोर र गिर्दो आर्थिक अवस्थामा रहेको देश झन–झन तल खस्कदैछ । उद्योग –व्यवसायका शहरका सटरहरुमा ताला लाग्ने संख्या बढ्दै जान थालेको छ । देशमा रोजगारीको अवस्था एकादेशको कथा जस्तो बन्न पुगेको छ । जताततै वेथिति र अराजकताले घर गरिरहेको छ । आममानिसमा अब यो देशमा केही हुन्छ भन्ने विश्वास सम्पूर्ण रुपमा नै टुट्न थालेको छ । वेरोजगारी, अभाव र मंहगीको पीडाले आममानिसलाई थिचेको छ । सरकारकै कारण जनताको मनमा निराशाको खोला मात्रै होइन, बाढी नै पसेको छ । कामको खोजीमा दिनहूँ एयरपोर्टबाट विदेशीने युवाहरुको लर्कोको दृष्यले देश युद्धमा फसेको झल्को देखाउँछ । उपभोग्य बस्तुको मंहगी र कालोबजारीले बाँच्नका लागि आममानिसमा छट्टपट्टी बढाएको– बढैछ ।

त्यसो त यीनले अर्थात प्रचण्डले शूरु –शूरुमा भ्रष्टाचार नियन्त्रण गर्ने चर्का कुरा नगरेका पनि होइनन । एकाध भ्रष्टाचारमा मुछिएकाहरु माथि कारवार्हीको प्रक्रिया नचलाएका पनि होइनन । एकाध भ्रष्टाचारीहरु माथि कारवार्ही चलाउँदा उत्तेजित हुँदै यो टेलर मात्रै हो, पुरै फिल्म त आउन बाँकि नै छ नभनेका पनि होइनन । तर ,उनले देखाउछु भनेको फिल्म अहिले सम्म आएन । कुन्नी कहिले आउँला अब थाह भएन । यसो भनु– भ्रष्टाचारीहरुलाई कारवार्हीको प्रक्रिया अघि बढाएको उनले फिल्म अहिले सम्म पनि देख्न पाइएन । एउटा बोल्ने अर्को गर्ने कमरेड प्रचण्डको कार्य शैली हो भन्थ्थे, हो रेहेछ ।

आज आएर त्यो भनाईमा उनको वारेमा बोलएको त्यो कुरामा विश्वास लागिरहेको छ । उनले आफू तेस्रो पटक प्रधानमन्त्री भए देश र जनता बनाउने भन्थ्थे, त्यो कति बन्यो जगजायर छ । देश र जनाता यसबीच बन्ने त परेको कुरा, उनको यो पछिल्लो कार्यकाल भ्रष्टाचारका कथाले नथलिएको भए पनि धेरै हुने थियो । सरकारको भ्रष्ट्र आचरण र कमिसनमुखि कार्यशैलीकै कारण आज व्यवस्थामाथि नै जनतामा अनास्था फैलिन थालेको छ । देशमा गणतन्त्र एकाध नेता परिवारहरुको समृद्धिका लागि मात्रै आएको जस्तो भएको छ । यसबीच जनताको अवस्था उस्तै छ, नेताहरुको मात्रै गणतन्त्रसंगै अवस्था फेरिएको छ ।

क्रान्तिको बेलामा माओवादीहरुले भने झै रुपान्तरण देश र जनताको भनेहोइन,मात्र नेता परिवारको भएको छ । देश र जनताको अवस्था भने हिजो जहाँ थियो आज त्यही छ । एकपछि अर्को भ्रष्टाचारको काण्डमा सरकार बदनाम हुँदै जान थालेको छ । पछिल्लो समय सार्वजनिक भएको एनसेल प्रकरणले भ्रष्टाचारमा सरकारको नागो रुप प्रर्दशन भएको छ । देश टाट पल्टाउने योजनाका साथ एनसेलमा भ्रष्टाचार भएको समाचारहरु सार्वजनिक भैराखेका छन । तर सरकारले अलिकति पनि लज्जावोध गरेको देखिएन । यो प्रकरण पनि यस अघिका भ्रष्टाचारका प्रकरणहरु जस्तै सामसुम पार्ने योजनामा सरकार रहेको देखिन्छ । त्यसैले फेरी पनि सोध्न मन लाग्छ, भ्रष्टाचार अति भएन र सरकार ?

भक्तपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ जेठ । सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीका अनुसार बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक

काठमाडौँ, १९ जेठ । काठमाडौँको ठमेलमा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।  काठमाडौँ उपत्यका

काठमाडौँ, १९ जेठ । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति जिप

काठमाडौँ, १९ जेठ ।कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीमा लम्कीचुहा नगरपालिका–६