जलविद्युत उत्पादनमा निजी क्षेत्रको फड्को

काठमाडौँ, २६ मंसिर । निजीक्षेत्रले जलविद्युत् उत्पादन गर्न थालेको झन्डै तीन दशकमा कुल जडित क्षमताको ७६ प्रतिशतभन्दा धेरै बिजुली उत्पादन गर्दै आइरहेको छ । निजी क्षेत्रले छोटो समयमै २१ सय मेगावाटभन्दा धेरै बिजुली उत्पादन गर्नुका पछाडि मुख्य दुई कारण रहेका छन् । 

२०४९ सालमा ल्याइएको विद्युत् ऐन, २०४९ र २०५७ सालमा निजीक्षेत्रसँगको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) को जगमा नेपालमा जलविद्युत् आयोजनाले फड्को मार्ने गरी विकास सम्भव भएको हो । यो भन्दा अगाडि निजीक्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्ने वातावरण भइसकेको थिएन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म राष्ट्रिय प्रसारण लाइनमा २८३६.९३ मेगावाट क्षमताको बिजुली जोडिएको छ । सोमध्ये निजी सहायक क्षेत्रको (प्राधिकरणको कम्पनी) सहितको कुल उत्पादनको हिस्सा भने ७६.६८ प्रतिशत रहेको छ । प्राधिकरण मातहतका आयोजनाको हिस्सा भने २३.२९ प्रतिशत रहेको छ । कुल जडित क्षमता २८ सय ३६.९३ मेगावाटमध्ये निजी क्षेत्रबाट उत्पादित बिजुलीको हिस्सा १६९७.४९ मेगावाट रहेको छ । प्राधिकरणको सहायकमातहतका आयोजनाबाट ६६१ मेगावाट उत्पादन हुँदै आइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विद्युत्को कुल जडित क्षमतामध्ये निजी क्षेत्रको हिस्सा मात्र करिब ६० प्रतिशतको हाराहारीमा रहेको बताए । उनले भने, कुल जडित क्षमतामध्ये निजीक्षेत्रको हिस्सा ५९.८३ प्रतिशत छ । प्राधिकरणको मातहतका सहायक कम्पनीको हिस्सा १६.८५ प्रतिशत छ । प्राधिकरण मातहतका आयोजनाको हिस्सा भने २३।२९ प्रतिशत रहेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ जेठ । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, ८ जेठ । आज २०८१ साल जेठ ८ गते मंगलबारको राशिफल ।  मेष : दिन खुशीका साथ बित्नेछ। नयाँ कुराको प्रस्तुति

काठमाडौँ, ७ जेठ । हुम्लाको जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या

काठमाडौँ, ७ जेठ । सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तरी क्षेत्रमा पर्ने कटकुवा क्षेत्रमा बस दुर्घटनामा परेको छ । केहीबेर अघि कर्णाली प्रदेश