मदन घिमिरेद्वारा निर्देशित ‘बास देउ मलाई’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, २२ मंसिर । फिल्म निर्देशक गरेका मदन घिमिरेद्वारा निर्देशित नयाँ म्युजिक भिडियो ‘बास देउ मलाई’ सार्वजनिक भएको छ ।

एक जोडी युवायुवतीको प्रेमकथा देखाइएको भिडियोमा जितेन्द्र केसी र आयुष्मा कार्कीलाई रोमान्टिक जोडिको रुपमा प्रस्तुत गरिएको छ । रामेश्वर हुमागाईको छायांकन रहेको भिडियो तारा थापा किम्भेको सम्पादन गरेका हुन् । दीपक लिम्बु र अनु चौधरीको स्वर रहेको गीतको शब्द निर्देशक घिमिरे आफैले कोरेका हुन् । गीतमा संजय खड्गीको संगीत तथा एरेन्ज रहेको छ । रानीकोट गढी, ध्याम्पे डाडा, पाइलटबाबा आश्रम आसपासको मनोरम दृश्य भिडियोमा कैद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने