टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित

काठमाडौँ, २० मंसिर । गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित भएकी छन् ।

फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको सन् २०२३ को सूचीमा उनले यो उपलब्धि हासिल गरेकी हुन् । सूचीको शीर्षस्थानमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन छिन् । दोस्रोमा युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लागार्ड, तेस्रोमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, चौथोमा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी छन् ।

मनोरञ्जन क्षेत्रबाट भने टेलर स्वीफ्ट सबैभन्दा अघि देखिएकी हुन् । यसै वर्ष फोर्ब्सले उनलाई आधिकारिक रुपमा अर्बपति घोषणा गरेको थियो । म्यागजिनका अनुसार स्वीफ्टको कुल सम्पत्ति १.१ बिलियन अमेरिकी डलर छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । नामिबियाले

काठमाडौँ, १५ फागुन । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाको तेस्रो विकेट लिएको

काठमाडौँ, १५ फागुन । आजदेखि सुरु हुने त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । शृंखलामा

काठमाडौँ, १३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित