‘दान्भी’को फस्टलुक सार्वजनिक

काठमाडौँ, १९ मंसिर । अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नभएको फिल्मको फस्टलुकमा शर्माको एक्सन अवतारलाई प्रस्तुत गरिएको छ ।

फस्टलुकमा पूजाले मेसिन–गन बोकेकी छिन् । लभ स्टोरी फिल्ममा जमिरहेकी पूजाको यो परिवर्तनले उनका दर्शकलाई उत्साहित बनाउने पक्का छ । रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा देव मगर र अनुप गडालको लगानी छ ।

फिल्ममा सञ्जोग रानाको संवाद, हरि लामा ‘घले’को छायांकन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी, केदारराज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर