प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

काठमाडौँ, १९ मंसिर । आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–८ का ५९ वर्षीय सानुकान्छा तामाङ छन् । सोमबार बिहान उनलाई धुलिखेल नगरपालिका–११, काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्गबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनी बा.प्र.०२–०३७ प ०९९७ नम्बरको स्कुटरमा धुलिखेलबाट भकुन्डेतर्फ जाँदै थिए । चेकिङका क्रममा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मागिएको थियो । त्यसक्रममा उनले पटक–पटक ‘मेरो लाइसेन्स यो हो’ भन्दै बिलबुकभित्र एक हजार रुपैयाँ राखी डिउटीका प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनले आफूसित लाइसेन्स नभएको पनि बताएका थिए । चिट काट्न खोज्दा आवेशमा आएर अपशब्द प्रयोग गरी उनले अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको