अस्मिता अधिकारीद्वारा अमेरिकाको १२ सहरमा कन्सर्ट सम्पन्न

काठमाडौँ, १८ मंसिर । गायिका अस्मिता अधिकारीले अमेरिकाका १२ सहरमा कन्सर्ट सम्पन्न गरेकी छन् ।

‘यूएसए फर्स्ट म्युजिकल यात्रा- भोल्युम वान’ नाम दिइएको कन्सर्ट न्युयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को, डालस, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस, ह्यारिसबर्गसहितका सहरमा भएको थियो ।

दशैं र तिहारको अवसरमा अक्टोबर २१ मा टेक्सासको डालसबाट कन्सर्ट सुरु भएको थियो । नोभेम्बर २५ मा भर्जिनियामा कन्सर्ट समापन भयो । अस्मिताको यो पहिलो अमेरिका टुर हो । एउटै यात्रामा अमेरिकाका १२ सहरमा प्रस्तुति दिने पहिलो नेपाली महिला कलाकार अस्मिता रहेको आयोजकले दाबी गरेको छ । लाइभ एट प्रेजेन्स, प्लानेट थ्री फिल्म, कोसेली इभेन्ट्स, फुजोन इन्टरनेसनलले संयुक्त रूपमा कन्सर्ट आयोजना गरेका थिए ।

आयोजकका अनुसार ४५ दिनमा सबै कन्सर्ट सम्पन्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । विराटनगरमा व्यवसाय गर्दै आएका एक पुरुष केशलिया खोलामा मृत फेला परेका छन् । प्रहरीका अनुसार मोरङको विराटनगर

काठमाडौँ, ८ कार्तिक । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको भूकम्प मापन केन्द्र

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ । शनिबार साँझ