एक लाख ७० हजार सैनिक परिचालन गरेर युक्रेनमाथि थप आक्रमण बढाउँदै रुस

काठमाडौँ, १८ मंसिर । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा एक लाख ७० हजार सैनिक बढाउन सेनालाई निर्देशन दिएका छन्  ।

युक्रेनमाथि आक्रमण बढाइरहेका बेला राष्ट्रपति पुटिनको यस्तो निर्देशन आएको हो । पुटिनको आदेश तत्काल लागू भएको रुसी सञ्चारमाध्यमले जनाएका छन्  । रुसले सैनिकहरूको सङ्ख्या बढाउँदै जाँदा, यसको सशस्त्र बलको क्षमता १३ लाख २० हजारमा कायम हुन्छ र रूसी सैन्य कर्मचारीहरूको समग्र सङ्ख्या २२ लाख हुन्छ । रुसमाथि बढ्दो खतराका कारण सेनाको सङ्ख्या बढाएको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

रूसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का वर्तमान उपाध्यक्ष दिमित्री मेदभेदेवले सन् २०२३ को जनवरी १ तारिखदेखि डिसेम्बर १ तारिखसम्म चार लाख ५२ हजारभन्दा धेरैलाई करारमा सेनामा भर्ना गरिएको जानकारी दिएका छन् । सन् २०१८ यता रूसले दोस्रो पटक सेना विस्तार गरेको हो । यसअघि सन् २०२२ मा पुटिनले एक लाख ३७ हजार सैनिक बढाउने आदेश दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान

काठमाडौँ, १९ मंसिर । नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन्

चितवन, १९ मंसिर । चितवनमा  डेंगुको सङ्क्रमण घट्दै गएको छ । यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १०

सुर्खेत, १९ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अहिले भइरहेको विकासको मोडल बदल्न आवश्यक रहेको बताएका छन् । भूकम्प