१ सय करोड माथि पुग्यो एनिमलको कमाई

काठमाडौँ, १७ मंसिर । रणवीर कपुरको फिल्म एनिमल रिलिज हुनु अघि नै यसप्रति दर्शकहरूको क्रेज धेरै थियो ।

एड्भान्स बुकिङले पनि फिल्मको ओपनिङ भव्य हुने देखिएको थियो । तर शुक्रबार बक्स अफिसमा फिल्म यो वर्षको दोस्रो ठुलो ओपनिङ भएको फिल्म बन्न सक्छ भनेर चाहिँ कमैले सोचेका थिए । पहिलो दिनमै ६३ करोड भारुको कलेक्सन गरेर फिल्मले त्यो रेकर्ड पनि बनायो । 

फिल्म रणवीरको करियरको सबैभन्दा ठुलो ओपनिङ बनेर आयो । फिल्मले रणवीरलाई सुपरस्टारको ट्याग त लगाइदिएको छ नै यो उनको करियरको सबैभन्दा ठुलो फिल्म बन्ने बाटोमा पनि छ । फिल्मले क्रिटिक्सहरुबाट मिश्रित प्रतिक्रिया पाइरहेको भए पनि दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । शुक्रबारदेखि एड्भान्स बूकिङ कम भए पनि शनिबार फिल्मले शानदार कमाइ गरेको देखिन्छ । 

दोस्रो दिन अर्थात् शनिबार फिल्मले ६६ करोड भारु कलेक्सन गरेको छ । शुक्रबार र शनिबार गरेर फिल्मले १ अर्ब भारु भन्दा धेरै कमाएको छ । दुई दिनमा फिल्मको कमाई १ अर्ब ३० करोड भारु छ । यो फिल्मको धमाकेदार सफलतासँगै रणवीर एलिट लिस्टका हिस्सा बनेका छन् । शाहरुख खानको पठान र जवान, सलमान खानको टाइगर ३, यशको केजीएफ २ मात्रै अहिलेसम्म २ दिनमा १ अर्ब भारु कलेक्सन गर्ने फिल्म हुन् । रणवीरको एनिमले २ दिनमा १ अर्ब रुपैयाँ कमाउने पाँचौँ भारतीय फिल्म बनेको छ । फिल्मप्रति दर्शकको क्रेज हेर्दा आइतार पनि यसले लोभलाग्दो कमाई गर्ने अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेसिने

काठमाडौँ, १९ मंसिर । नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।  मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय

बेइजिङ, १९ मंसिर । चीनको औपचारिक भ्रमणमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने

काठमाडौँ, १९ मंसिर । शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजलाई १५० रनको लक्ष्य