१०० किलोमिटरको वायुरक्षा प्रणाली उत्पादन गर्ने योजनामा युक्रेन

किभ, १६ मंसिर । युक्रेनले १०० किलोमिटरको दूरीमा हवाई खतरालाई रोक्न सक्ने वायुरक्षा प्रणाली उत्पादन गर्ने योजना बनाएको सरकारद्वारा सञ्चालित युक्रेन फर्म समाचार एजेन्सीले रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै शुक्रबार उल्लेख गरेको छ ।

त्यहाँका उपरक्षामन्त्री इभान ह्याभ्रिल्युकले अर्को वर्ष युक्रेनले पोर्टेबल एन्टी–एयरक्राफ्ट मिसाइल प्रणालीसहित १०० किलोमिटरभन्दा बढीको दूरीको कोरल प्रकारको वायुरक्षा प्रणाली उत्पादनमा ध्यान दिने बताएका छन् ।

सन् २०२४ मा युक्रेनले रुससँगको जारी द्वन्द्वका बीच मिसाइल र गोलाबारुदको खरिदका निम्ति कुल १७५ बिलियन रिभनिया (लगभग ४.८ बिलियन अमेरिकी डलर) छुट्ट्याउने हाभ्रिलिकले बताएका छन् । लुच डिजाइन ब्युरोद्वारा विकसित, कोरल हवाईजहाज, हेलिकोप्टर, क्रुज मिसाइल, ब्यालेस्टिक मिसाइल र मानवरहित हवाई सवारीलाई नष्ट गर्न सक्षम एक विमानविरोधी मिसाइल हो । कोरल मिसाइलको प्रोटोटाइप पहिलोपटक २०२१ मा सार्वजनिक गरिएको थियो ।

हाल युक्रेन आफ्नो आकाशलाई मिसाइल र ड्रोनबाट जोगाउन विदेशी वायुरक्षा प्रणालीमा निर्भर छ । त्यसले आफ्नो सुरक्षामा खतरा उत्पन्न हुन सक्ने युक्रेनको बुझाइ छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको

कास्की, २७ मंसिर । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

काठमाडौँ, २७ मंसिर । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीबीच भेटवार्ता भएको छ ।

काठमाडौँ, २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले रास्कोट अस्पतालमा हिनामिनाको सम्भावना नरहेको दाबी गरेका छन् । रास्कोट