थप आठ इजरायली बन्धक मुक्त, ३० प्यालेस्टाइनी बन्दी रिहा

एजेन्सी, १५ मंसिर । प्यालेस्टाइनी लडाकु समूह हमाससित युद्धविरामको सातौँ दिन बिहीबार गाजाबाट थप आठ इजरायली बन्धक मुक्त गरिएको छ ।

इजरायलले पनि थप ३० प्यालेस्टाइनी बन्दीलाई जेलबाट रिहा गरेको जनाएको छ ।  युद्धविराम लम्ब्याउनेबारे वार्ता जारी रहेको बीबीसीले उल्लेख गरेको छ ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा एक हजार २०० जनाको मृत्यु भएको थियो । २४० जनालाई बन्धक बनाइएको थियो । त्यसयता गाजामा इजरायलको आक्रमणमा करिब ६ हजार बालबालिकासहित १४ हजार ८०० भन्दा बढी मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ

वासिङ्टन, २७ मंसिर । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो । डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको

काठमाडौँ, २७ मंसिर । काठमाडौँमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ । आज

काठमाडौँ, २७ मंसिर । जाजरकोटको नलगाड नगरपालिका-३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने एक शिशुको