मधेस प्रदेशसभामा रिक्त दुई विषयगत समितिले पायो सभापति

जनकपुरधाम, १५ मंसिर । मधेश प्रदेशसभामा रिक्त दुई वटा विषयगत समितिका सभापति चयन गरिएका छन् ।

प्रदेशसभाको आजको बैठकबाट दलीय सहमतिको आधारमा नेपाली कांग्रेसका तर्फबाट कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा सञ्जयकुमार यादव र प्रदेश मामिला समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट रत्नेश्वरलाल गोईतलाई सर्वसम्मतरूपमा चयन गरिएको हो । नवनिर्वाचित सभापतिलाई सभामुख रामचन्द्र मण्डलले आजै पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मधेस प्रदेशसभामा रहेका सात वटा विषयगत समितिमध्ये अर्थ तथा योजना समितिमा जनमत पार्टीका सतिशकुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा (माओवादी केन्द्र) का शारदा दास (पहाडी), महिला बालबालिका तथा सामाजिक न्याय समितिमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रुपाकुमारी यादव, विकास समितिमा जनता समाजवादी पार्टी (जसपा) का सारदा शंकरप्रसाद कलवार र सार्वजनिक लेखा समितिमा एमालेका मञ्जुकुमारी थापामगर सभापति चयन भइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, २७ मंसिर । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

काठमाडौँ, २७ मंसिर । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलका अनुसार आज

काठमाडौँ, २७ मंसिर । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीबीच भेटवार्ता भएको छ ।

काठमाडौँ, २७ मंसिर । कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि सञ्चालनमा ल्याइएको छ । पुननिर्मित सडकमा आयोजित एक