नक्कली भुटानी शरणार्थी प्रकरण: आज आदेश आउने सम्भावना 

काठमाडौँ, १५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज उच्च अदालत पाटनबाट आदेश आउने सम्भावना रहेको छ ।

काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएकाले आज आदेश आउने सम्भावना रहेको हो । उच्च अदालत पाटनमा गत हप्तादेखि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा बिहीबार सबै पक्षको बहस सकिएको हो ।

मंगलबार प्रतिवादी तर्फका वकिलको बहस सकिएको थियो भने बुधबार र बिहीबार खाजा समयअघि सरकारी वकिलको बहस भएको थियो । बिहीबार खाजा समयपछि प्रतिवादीका वकिलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको पाटन उच्च अदालतका सहरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए । न्यायाधीशद्वयको इजलासमा उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । सम्भवतः शुक्रबार आदेश आउने भट्टराईको भनाइ छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी अधिकारी समेत संलग्न भएको भन्दै पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण तथा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा चलेको थियो । उक्त मुद्दामा गत असार १ गते काठमाडौं जिल्ला अदालतले दुई जनाबाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । थुनामा परेकाहरूले थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ मंसिर । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ

वासिङ्टन, २७ मंसिर । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो । डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको

काठमाडौँ, २७ मंसिर । काठमाडौँमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ । आज

काठमाडौँ, २७ मंसिर । जाजरकोटको नलगाड नगरपालिका-३ को बाँस्कुटी उकालोमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने एक शिशुको