बैतडी बन्यो माधव नेपालको पार्टीमुक्त जिल्ला

धनगढी, १४ मंसिर । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य र बैतडी जिल्ला अध्यक्षसहितका नेता कार्यकर्ताहरु नेकपा एमालेमा फर्किएको छ । योसगै अध्यक्ष माधव नेपालको पार्टी मुक्त जिल्ला भएको छ ।

बिहीबारदेखि नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको क्रममा उनीहरु एमालेमा फर्किएका हुन् । बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गरिएको आमसभाको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बैतडी इन्चार्ज नरेन्द्र विष्ट, बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, पार्टी कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेताहरुलाई एमालेमा फर्किएका हुन् ।   

त्यस्तै, २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित काग्रेंसकी महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष समेत भएका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेसिने

काठमाडौँ, १९ मंसिर । नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।  मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय

बेइजिङ, १९ मंसिर । चीनको औपचारिक भ्रमणमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने

काठमाडौँ, १९ मंसिर । शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजलाई १५० रनको लक्ष्य