टेलर स्वीफ्ट बनिन् विश्वमा सर्वाधिक सुनिने गायिका

काठमाडौँ, १४ मंसिर । टेलर स्वीफ्ट सन् २०२३ मा विश्वमा सर्वाधिक सुनिने गायिका बनेकी छन् ।

सांगीतिक प्लाटफर्म स्पोटीफाइले यसवर्ष धेरै सुनिएका गीत, पडकास्ट र अन्य कार्यक्रमको सूची सार्वजनिक गरेको छ ।

‘स्पोटीफाइ २०२३ र्‍याप्ड’ नाम दिइएको यो सूचीको शीर्ष स्थानमा रहेकी गायिका स्वीफ्टलाई एकवर्षमा २६.१ बिलियन पटक सुनिएको उल्लेख छ । लगातार तीन वर्ष सूचीको शीर्षस्थानमा रहेका गायक ब्याड बन्नीलाई समेत स्वीफ्टले उछिनेकी छन् ।

दोस्रो स्थानमा ब्याड बन्नी छन् । तेस्रोमा द विकेन्ड, चौंथोमा द ड्रेक र त्यसपछि क्रमशः पेसो प्लुमा, फेइड, ट्राभिस स्कट, एसजेडए, कारोल जी र लाना डेल रे छन् । गत जनवरी १ देखि स्पोटीफाइलाई संसारभर ५७४ मिलियनभन्दा बढीले सुनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्