झुलाघाट–चिवाभञ्ज्याङको यात्रामा निस्कियो एमाले: अध्यक्ष ओलीद्वारा उद्घाटन

काठमाडौँ, १४ मंसिर । प्रतिपक्षी नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु भएको छ ।

वैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले झन्डा फहराएर अभियानको आज बिहान उद्घाटन गरेका हुन् । एमाले पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रामा निस्किएको हो । उसले लोकमार्ग केन्द्रित अभियानलाई ‘समृद्धिका लागि समृद्धिको यात्रा’ नारा दिएको छ । एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राका क्रममा जनताको गुनासो सुन्ने एमालेले जनाएको छ ।

पहिलो दिन आजको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ । यात्रालाई निरन्तरता दिँदै पुस २ गते काठमाडौं फर्कने बताइएको छ । पुस ५ गते यात्रा समापनसहित आफ्ना दृष्टिकोण सार्वजनिक गरिने महासचिव शंकर पोखरेलले जानकारी दिए ।यात्राका क्रममा लोकमार्गलाई फास्टट्रयाकका रुपमा अघि बढाउने सम्भावनाको खोजी गरिने उनले बताए । यात्रामा भविष्यमा व्यवसायिक विषयको खोजी र भ्रमको निवारण गरिने जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार ।औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न गठित समितिले श्रमिकको पारिश्रमिक पुनरवलोकन गर्ने गरी तयारी थालेको

बागलुङ, २ असार । पूर्व अर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सरकारी संस्थान निजीकरण गरेर राज्यलाई फाइदा पुगेको बताएका

काठमाडौँ, २ असार । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले राज्यको सिस्टमले राज्यको सिस्टमले नै सबैलाई कर तिर्नुपर्छ भन्ने कुरा

काठमाडौँ, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सभामुख देवराज घिमिरेले संसदीय मर्यादा र परम्पराविपरीत संसद्को बैठक