अमेरिकी शीर्ष कुटनीतिज्ञ ब्लिन्केन इजरायलमा

एजेन्सी, १४ मंसिर । अमेरिकी शीर्ष कुटनीतिज्ञ एन्टोनी ब्लिन्केन इजरायल पुग्नुभएको छ । अक्टोबर ७ तारिखमा इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध शुरु भएयता तेस्रो शीर्ष भ्रमणका क्रममा उहाँ तेल अभिभमा पुग्नुभएको छ ।

ब्लिन्केनले गाजा पट्टीका लागि अस्थायी युद्धविराम विस्तार र मानवीय सहायता बढाउनेबारे पहल गर्नुहुने बीबीसीले जनाएको छ । दुई पक्षबीच विस्तारित युद्धविराम गएराति सकिएको छ । ६ दिनको अस्थायी युद्धविराम सकिएलगत्तै यसको विस्तारका लागि पहल शुरु भएको छ । मुख्यगरी कतारले अस्थायी युद्धविराम र मानवीय सहायता बढाउन मध्यस्थकर्ताको भूमिका खेलेको छ ।

इजरायल र हमासबीच गाजा युद्धमा विस्तारित युद्धविरामको दोस्रो र अन्तिम दिन हिजो गाजामा बन्धक बनाइएका १६ जनालाई मुक्त गरिएको रेडक्रस र अन्य अधिकारीलाई उद्धृत गरी समाचार संस्था रोयर्टसले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ मंसिर । स्टक ब्रोकर्स एसोसीएसन अफ नेपाल(एसबान)को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनले प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित

भक्तपुर, २२ मंसिर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरको विकास र समृद्धिको सारथीको रुपमा नेप्सेम्याक सेवा प्रा.लि. र

काठमाडौँ, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मानव

काठमाडौँ, २२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज