एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत संकल्प यात्रा आजदेखि

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान  ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि सुरू हुँदैछ ।

दार्चुलाको झुलाघाट अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको उद्घाटन गरेपछि एमालेको झण्डै २ हजार किलोमिटर लामो संकल्प यात्रा सुरू हुनेछ । अभियानको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन्।

एमालेले उक्त अभियानलाई नागरिक र पार्टीबीच सम्बन्ध सेतुको रूपमा अर्थ्याएको छ। उक्त अभियानमा एमालेले आम नागरिकहरूको अनुभूति र अपेक्षा सुन्ने बताएको छ। अभियानमा ठूला सभाहरू कम र  अन्तर्क्रिया, अन्तरसंवाद र व्यवसायी तथा स्थानीयस्तरका उद्यमीसँगको छलफललाई बढावा दिने एमालेको लक्ष्य छ। ठूला सभाहरू पनि एक डेढ  घन्टाको हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार

काठमाडौँ, १ जेठ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । आज अर्थ

काठमाडौँ, १ जेठ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौँ, १ जेठ । स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो भनेर प्रश्न